Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

‘रास्वपाले अघि सारेको शासकीय स्वरूप प्रस्तावमा अरु दलसँग पनि छलफल भएको छ’


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं रास्वपा नेतृ सोबिता गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसंग पनि छलफल भएको बताएकी छिन् ।

बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाको प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफलको आवश्यकता रहेको भन्दै प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको बताइन् ।

रास्वपाले प्रदेश सभा खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको नयाँ शासकीय स्वरूपसहित प्रस्ताव अघि सारेको थियो ।

गौतमले आफुहरुको प्रस्तावमाथि छलफल भएर कहाँसम्म गएर सहमति हुन्छ भन्ने कुरामा निर्भर हुने उल्लेख गरिन् ।

त्यस्तै गौतमले तीन दिनका लागि निर्धारित पार्टीको महाधिवेशन लम्विएका कारण पदाधिकारीको निर्वाचनपछि बिहीबार नै सम्पन्न गर्ने तयारी रहेको जानकारी गराइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार