Logo
१२ असार २०८३, शुक्रबार
|  Fri Jun 26 2026

रास्वपाको महाधिवेशन नसकिँदा प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित


प्रतिनिधिसभा बैठक काठमाडौँ, ७ जेठः सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरु । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

यसअघि बिहीबार बोलाइएको बैठक पनि रास्वपाको महाधिवेशन नसकिएकाले आजका लागि सारिएको थियो । तर रास्वपाको महाधिवेशन अझै नसकिएकाले आजको बैठक पनि सारिएको हो ।

सूचनामा भनिएको, ‘आज मिति २०८३ असार १२ गते शुक्रबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको बैठक मिति २०८३ असार १३ गते शनिबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार