काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले शुक्रबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको जनाएको छ ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) अनुपम शमशेर जबराले उक्त एकेडेमीका तर्फबाट अख्तियारप्राप्त रामचन्द्र बहाला श्रेष्ठको जाहेरीमा शेर्पालाई पक्राउ गरेको जानकारी दिए ।
उनका अनुसार शेर्पा उक्त एकेडेमीको कार्यकारी प्रमुख भई एकल हस्ताक्षरबाट खाता सञ्चालन हुने जिम्मेवारी लिएका बेला विद्यालयको ८ करोड ७८ लाख ४० हजार ८०२ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ ।





