Logo
२४ भाद्र २०८३, बुधबार
|  Wed Sep 9 2026

‘राष्ट्रवादी शक्तिलाई कसरी समाप्त गर्ने भनेर घेराबन्दी भइरहेको छ’:अध्यक्ष लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी छाडेर जाने नेताहरूको विषयमा धेरै टिप्पणी नगर्ने उल्लेख गर्दै वर्तमान परिस्थितिलाई अस्वाभाविक रूपमा नलिएको बताएका छन् ।

शनिबार काठमाडौं जिल्लाका अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफू पार्टीका सबै उतारचढावको साक्षी रहेको उल्लेख गर्दै अहिलेको अवस्था संगठनका लागि चुनौतीपूर्ण भए पनि त्यसबाट विचलित नहुने बताए ।

उनले भने, ‘पार्टीका सबै उतारचढावमा म सामेल छु । अहिले म जहाँ छु, यो जीवनलाई अतिरिक्त जीवन भन्छु। अहिले राप्रपालाई अप्ठ्यारो परेकै बेला यसलाई कमजोर मात्र होइन, समाप्त नै पार्न विगतमा झैँ देशी–विदेशी शक्तिहरूको घेराबन्दी नभएको होइन। अहिले चारैतिरबाट यो एउटा राष्ट्रवादी शक्तिलाई कसरी समाप्त गर्ने भनेर घेराबन्दी भइरहेको बेला लुक्ने र मैदान छोड्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन।’

लिङ्देनले राप्रपालाई कमजोर बनाउने तथा समाप्त पार्ने उद्देश्यसहित विभिन्न शक्तिहरूले घेराबन्दी गरिरहेको आरोप लगाए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी पतन हुने जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार