Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

माधव नेपालको रिटमा सर्वोच्चले दिएन अन्दरिम आदेश


आफूहरुमाथि ओलीले गर्ने सम्भावित कारबाही रोक्न माग गर्दै सर्वोच्च अदालत गएका एमाले नेता माधव कुमार नेपालसहित नेकपा एमालेका नेताहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्द अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
वैशाख ६ गते एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित २७ सांसदलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार