नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टीलाई लक्षित गरेर योजनाबद्ध रूपमा कुप्रचार भइरहेको आरोप लगाएका छन् ।
शनिबार बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्दै यस्ताे बताएका हुन् । उनले राजनीतिक यात्रामा सफलता र चुनौती दुवै स्वाभाविक हुने उल्लेख गरे ।
विभिन्न समयमा पार्टीले कठिन परिस्थितिको सामना गर्दै अघि बढेको भन्दै उनले अहिले पनि त्यस्तै एउटा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए ।
ओलीले अहिले पार्टीले गम्भीर प्रकृतिको धक्का सामना गरिरहेको उल्लेख गर्दै त्यसले एमालेको यात्रालाई रोक्न नसक्ने दाबी गरे । विपक्षी गतिविधि र कुप्रचारका बाबजुद पार्टी आफ्नो उद्देश्यमा दृढतापूर्वक अघि बढ्ने उनको भनाइ थियो ।





