Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

एमालेको १० औं महाधिवेशनमा १५३६ प्रतिनिधि सहभागी हुने


नेकपा एमालेको १०औं महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधि सहभागी हुने भएका छन्। बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो। स्थायी कमिटीको निर्णय अनुमोदनका लागि शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने छ।स्थायी कमिटीको बैठकमा भएका निर्णयबारे जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भुगोलबाट १ हजार १९३ जना प्रतिनिधि सहभागी हुने जानकारी दिए।

बाँकी प्रतिनिधि केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरू हुनेछन्।ज्ञवालीका अनुसार हरेक निर्वाचन क्षेत्र (प्रतिनिधि सभा)बाट अनिवार्य रुपमा ३ जना महिला प्रतिनिधि सहभागी हुनेछन्। हरेक निर्वाचन क्षेत्रबाट ३ जना गरेर महिला प्रतिनिधिको संख्या ३३ पुग्ने ज्ञवालीले जानकारी दिए।

महाधिवेशनमा, ४९ प्रतिशत खुला प्रतिनिधि सहभागी हुनेछन् भने ५१ प्रतिशत समावेशी प्रतिनिधि सहभागी हुनेछन्। समावेशीमा महिलाका अतिरिक्त आदिवासी जनजाति, थारू, मधेशी मुस्लिम, पिछडिएको क्षेत्रसहितको क्लष्टर छुट्याइएको  प्रदीप ज्ञवालीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
विचार