Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

क्यानडामाथि नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी


बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाक्यानडामाथि नयाँ भन्सार शुल्क लगाउने चेतावनीशमा फैलिएको भीषण डढेलोबाट निस्किएको धुवाँ अमेरिकी सहरहरूमा पुगेको भन्दै क्यानडामाथि नयाँ भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै क्यानडाको ‘जानाजानी गरिएको लापरवाही’ का कारण अमेरिका प्रदूषित र अस्वस्थकर हावाको चपेटामा परेको आरोप लगाए। उनले यस विषयमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग कुरा गरी स्पष्टीकरण माग्ने पनि बताएका छन्।

‘संयुक्त राज्य अमेरिका अनावश्यक रूपमा फोहोर, प्रदूषित र स्वास्थ्यका लागि हानिकारक हावाबाट प्रभावित भइरहेको छ,’ ट्रम्पले लेखेका छन्। उनले क्यानडाले आफ्ना जंगल र झाडीको उचित व्यवस्थापन नगरेको आरोपसमेत लगाएका छन्।

यसअघि अमेरिकाका केही सांसदहरूले पनि क्यानडाको डढेलो व्यवस्थापनप्रति असन्तुष्टि जनाएका थिए। यद्यपि ओन्टारियो प्रान्तका प्रमुख डग फोर्डले भने आलोचना गर्नुको सट्टा डढेलो नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउन अमेरिकासँग आग्रह गरेका छन्।

क्यानडाको क्यानेडियन वाइल्डल्यान्ड फायर इन्फर्मेसन सिस्टम का अनुसार शुक्रबारसम्म देशभर ८८८ वटा डढेलो सक्रिय रहेका छन्, जसमध्ये अधिकांश नियन्त्रणबाहिर छन्। ओन्टारियो प्रान्तमा मात्र १९० भन्दा बढी डढेलो लागिरहेका छन्।

यसैबीच, ट्रम्पनिकट रिपब्लिकन नेताहरूले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने प्रस्तावलाई पुनः उठाएका छन्। उक्त अभिव्यक्तिले क्यानडामा असन्तुष्टि बढाएको छ। विरोधस्वरूप धेरै क्यानडेलीले अमेरिकाको यात्रा स्थगित गरेका छन् भने सामाजिक सञ्जालमा क्यानडाको लगानीमा निर्माण भइरहेको गोर्डी हाउ अन्तर्राष्ट्रिय पुल सञ्चालनमा ढिलाइ गर्नुपर्ने सुझावसमेत आएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार