Logo
६ श्रावण २०८३, बुधबार
|  Wed Jul 22 2026

दार्चुला पुगेर डा. केसीले गरे पुनः सत्याग्रह सुरु गर्ने घोषणा


काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । दार्चुला पुगेर डा. केसीले साउन ७ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।

उनले आफूले राखेका मागप्रति सरकारले बेवास्ता गरेकाले साउन ७ गतेदेखि पुनः सत्याग्रहमा बस्ने घोषणा गरेका हुन् ।

यसअघि डा.केसीले साउन ५ गतेसम्म माग सम्बोधन गर्न अल्टिमेटम दिएका थिए। विज्ञप्ति जारी गरी केसीले बारम्बारको चेतावनीका बाबजुद नियम, मूल्य–मान्यता र स्वच्छतालाई लत्याउँदै स्वार्थको द्वन्द्व भएका, अयोग्य र सार्वजनिक सम्पत्ति दोहनको मनसाय बोकेका व्यक्तिहरूलाई नियामक निकाय र विश्वविद्यालयको जिम्मेवारी सुम्पिने कार्य गरेकाले बाध्य भएर सत्याग्रहमा बस्नुपरेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार