काठमाडौँ । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । कक्रोच जनता पार्टीको आन्दोलनका कारण प्रधानले पदबाट शनिबार राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राजीनामा दिएको प्रधानले जानकारी दिएका छन् ।
प्रश्नपत्र लिक भएको विषयलाई लिएर कक्रोच जनता पार्टीले आन्दोलन गरिरहेको छ । उनीहरू नयाँ दिल्लीको जन्तरमन्तरमा धर्ना दिँदै आएका छन् । निट पेपर लिक मामिलामा भारतका विभिन्न राज्यहरूमा शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने माग अघि सारेर प्रदर्शन भइरहेको थियो ।
उनले भनेका छन्, ‘जन्तर–मन्तर र देशभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानूनी जटिलतामा नफसोस् भन्ने विषयलाई ध्यानमा राख्दै मैले आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु ।’





