काठमाडौँ । प्रदेशमा सरकार संचालनका लागि नेकपा एमालेसँग भएको तीन बुँदे सहमतिप्रति नेपाली कम्युनिष्ट पार्टी(नेकपा)भित्र असन्तुष्टि देखिएको छ ।
नेकपाका नेता मेटमणि चौधरीले दलहरु फेरि सत्ताकेन्द्रित गोलचक्करमा फसेको टिप्पणी गरेका हुन् । यो सहमतिले सत्ताको लागि जोसुकैसँग र जतिबेला पनि मिल्न सकिन्छ भन्ने बिषयलाई प्रमाणित गरेको उल्लेख गरेका छन् ।
उनले अब कम्युनिष्ट एकता हुनुपर्ने र अब चाहिँ सँगसँगै एकता गरेरै स्वर्ग र नर्क जानुपर्ने भन्दै व्यंग्य गरेका छन् ।नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन तथा सत्ता साझेदारीका विषयमा शनिबार तीन बुँदे सहमति भएको छ ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ । यस्तै, मधेश र गण्डकी प्रदेश मा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व तथा सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।





