Logo
१६ श्रावण २०८३, शनिबार
|  Sat Aug 1 2026

देउवा पक्षद्वारा राष्ट्रिय भेला आयोजना गर्न ५५१ सदस्यीय समिति गठन


काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले डा. शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरी समूहले पार्टीको आगामी राष्ट्रिय भेला व्यवस्थित गर्न समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमिति घोषणा गरिएको हो ।

आयोजक समितिमा पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापति, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारी, महानगर तथा नगर सभापति समावेश गरिएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए। राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न १६ वटा विषयगत समिति गठन गरिएको छ ।

मूल आयोजक समितिबाहेकका अन्य विषयगत समितिको नेतृत्व र सदस्यहरूको चयन आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट यथाशीघ्र टुंगो लगाइने विश्वकर्माले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार