Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

प्रधानन्यायाधीशविरुद्ध बारले घोषणा गर्‍यो आन्दोलनका थप कार्यक्रम, राजीनामा दिन ५ दिने अल्टिमेटम


नेपाल बार एसोसियशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ। यसअघिको ‘अल्टिमेटम’अनुसार जबराले पदबाट राजीनामा नदिएको भन्दै बारले शुक्रबार थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

शुक्रबार बसेको नेपाल बार पदाधिकारी बैठकले आइतबारदेखि सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय गरेको छ। कात्तिक १४ गते देखि १७ गतेसम्म कालो पट्टी बाँधेर आन्दोलन गर्ने निर्णय बारले गरेको छ। उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाउन उपत्यकाका कानुन व्यवसायीहरुलाई आह्वान गरिएको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार