Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

ढल्केबर ट्रमा सेन्टरबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन


काठमाडौं । सभामुख डीपी अर्यालले सदनमा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले राखेको विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले ढल्केबरको ट्रमा सेन्टरको योजना काटिएको भन्दै विरोधमा दिनभर सदनमै अनसन बस्ने घोषणा गरेका थिए।तर, सभामुखको आग्रहपछि उनले आफूले राखेको विषयमा अर्थ या स्वास्थ्य मन्त्री आएर जवाफ दिनुपर्ने अडान राखे।

सभामुखले सरकारलाई निर्देशन दिएपछि सांसद यादव बसे, र सभामुखले सदन अघि बढाए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार