Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

सांसद ढकाल भन्छन्-‘सिंहदरबारको नाम परिवर्तन गरेर अनामनगर दरबार राखिदिएको भए हुन्थ्यो’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सिंहदरबारको नाम फेर्ने प्रस्ताव गरेका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सांसद ढकालले राजनीतिक परिवर्तनपछि थुप्रै ठाउँहरूको नाम परिवर्तन भए पनि सिंहदरबारको नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले सिंह नभएकाले सिंहदरबार नाम उपयुक्त नभएको बताए । उनले भने, ‘परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो । मतलब एयरपोर्टहरूको, कहाँ–कहाँको नाम फेरिए । तर त्यो सिंहदरबार भन्ने चाहिँ…न हामीसँग सिंह छ, हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन । त्यसको केही हाउभाउ, भावभङ्गीहरु त्यो भाषा जस्तै छ । त्यो चिर्न पर्ने छ ।’

उनले सिंहदरबारको नाम अनामनगर दरबार राखिनुपर्ने बताए । उनले अहिलेको आवश्यकता एक अर्कालाई दोषारोपण गर्नुभन्दा नागरिकमा आशा र विश्वास जगाउने खालका बहस र पैरवी गर्नु रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार