Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

बाढी प्रभावितको उद्धारमा सरकार असफल भएको एमालेको आरोप


काठमाडौँ । नेकपा एमालेले भोटेकोसी बाढीमा सहजीकरण गर्न सर्वदलीय उच्चस्तरीय संसदीय समिति बनाउन सभामुखलाई रुलिङ गर्न माग गरेको छ ।बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद गुरु बरालले सर्वदलीय उच्चस्तरीय संसदीय समिति बनाउन माग गरेका हुन् । सांसद बरालले आजै सभामुखबाट रुलिङ हुने अपेक्षा गरेको बताए ।

उनले भने, ‘तत्कालै उच्चस्तरीय सर्वदलीय संसदीय समिति निर्माण गरि भइरहेका कामको निरीक्षण अनुगमन र सरकारलाई सहजीकरण गर्ने काममा तत्काल सभामुख महोदयबाट रुलिङ होस् ।’ सांसद बरालले बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा सरकार चुकेको बताए ।

उनले भने, ‘टनेलभित्र फसेकाहरूको उद्धार कार्यमा सरकार गम्भीर रूपमा चुक्यो । दिलो ज्यानले यो कामलाई व्यवस्थित गर्न सकेन ।’उनले निर्माण क्षेत्रमा खटेका कम्पनीलाई उद्धारमा सामेल गराउन सकेको भए फसेका नागरिकहरूलाई बचाउन सकिने बताए । उनले अर्बौंको सहयोग वितरण र पुनर्निर्माणको काम सरकारले मात्र गर्न नसक्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार