Logo
२० भाद्र २०८३, शनिबार
|  Sat Sep 5 2026

गायिका रेजिना खड्कालाई नेशनल ब्राण्ड म्युजिक अवार्ड


काठमाडौं । गायिका रेजिना खड्काले चौथो नेशनल ब्राण्ड म्युजिक अवार्ड–२०८३ मा सफलता हात पारेकी छन्। ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिको आयोजनामा सम्पन्न अवार्ड समारोहमा खड्काले ‘मन पराए’ गीतबाट ‘Best Emerging Singer Female’ अवार्ड प्राप्त गरेकी हुन्।

नयाँ पुस्ताकी गायिकाका रूपमा संगीत क्षेत्रमा सक्रिय खड्काले ‘मन पराए’ गीतमार्फत उत्कृष्ट प्रस्तुति दिएकी थिइन्। उनको गायनलाई मूल्यांकन गर्दै जुरीले उनलाई महिला गायिकातर्फको उत्कृष्ट उदीयमान प्रतिभाका रूपमा अवार्ड प्रदान गरेको हो।

अवार्ड प्राप्त गरेपछि खड्काले आफूलाई थप उत्साहित र जिम्मेवार बनाएको बताएकी छन्। उनले आगामी दिनमा पनि नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय हुँदै दर्शक तथा श्रोतामाझ नयाँ सिर्जना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

चौथो नेशनल ब्राण्ड म्युजिक अवार्ड–२०८३ मा नेपाली संगीत क्षेत्रका विभिन्न विधामा उत्कृष्ट कलाकार तथा सर्जकलाई सम्मान गरिएको थियो। समारोहमा संगीतकार, गीतकार, गायक–गायिका, मोडल तथा अन्य कलाकारहरूको सहभागिता रहेको थियो


प्रतिक्रिया दिनुहोस !
विचार