Logo
१० भाद्र २०८३, बुधबार
|  Wed Aug 26 2026

आजबाट यमपञ्चक सुरु, काग तिहार भने भोलि


प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। मंगलबार साँझ यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यमदीपदान आज हुने भए पनि काग र कुकुर तिहार भने कात्तिक १७ गते बुधबार परेको समितिले जनाएको छ। तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ।

कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ। गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म  पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। यसै दिनदेखि नेपाल संवत् ११४२ सुरु हुन्छ।

कात्तिक २० गते शनिबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान ११ः२ बजे भाइटीकाको उत्तम साइत रहेको समितिको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार