Logo
२१ आश्विन २०८३, बुधबार
|  Wed Oct 7 2026

अल्गोरिदम’ बाट सत्तामा आएकाहरूले देशलाई गलत दिशातर्फ लैजाने प्रयास गरिरहेको आङ्देम्बेको आरोप


काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताएका छन्। महाधिवेशन अन्तर्गतको बन्द सत्र समापन कार्यक्रममा आङ्देम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताए।

उनले महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थितिले नेपाली कांग्रेसले मुलुकको राजनीतिलाई दिशानिर्देश गर्ने भूमिका देखाएको बताए ।आङ्देम्बेले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको दाबी गरे । विगतमा कांग्रेसलाई ‘बूढोहरूको पार्टी’ भन्ने गरिएको भए पनि अहिले १८ वर्षका युवा–युवतीदेखि सबै उमेर समूहका मानिस कांग्रेसमा जोडिएको उनले बताए।

उनले मुलुकको राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै बहुमतको नाममा ‘अल्गोरिदम’ बाट सत्तामा आएकाहरूले देशलाई गलत दिशातर्फ लैजाने प्रयास गरिरहेको आरोप लगाए।आङ्देम्बेले महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले पार्टीलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार