काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सात टोलीका लोगो अंकित विशेष संस्करणका क्यान बजारमा ल्याएको छ।
कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यमका रूपमा स्पेसल एडिसन क्यान बजारमा ल्याएको जनाएको छ । एनपीएलका काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किंस, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको एक्स्ट्रीमले पोखरा एभेन्जर्ससँग जर्सीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरेको छ ।
क्रिकेट समर्थकले आफूलाई मनपर्ने टोलीप्रतिको समर्थन फरक शैलीमा व्यक्त गर्न सकून् भन्ने उद्देश्यले कम्पनीले स्पेसल एडिसन क्यान सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार यी विशेष क्यानले एनपीएलको उत्साहलाई क्रिकेट मैदान र दर्शकदीर्घाबाट बाहिर बजारसम्म विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। क्रिकेट हेर्दा, साथीभाइसँग खेलको चर्चा गर्दा वा समर्थकबीचको जमघटमा समेत मनपर्ने टोलीको पहिचान झल्काउन यी क्यान उपयोगी हुने कम्पनीको विश्वास छ।
एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीम इनर्जी ड्रिङ्कका विशेष क्यान उपभोक्ताले नजिकका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।








