Logo
९ कार्तिक २०८३, सोमबार
|  Mon Oct 26 2026

प्रधानमन्त्री बालेनले एनपीएल तेस्रो संस्करणको उद्घाटन गर्ने


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ ।

प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । एनपीएल आजदेखि सुरु हुन लागेको छ । उद्घाटन खेलमा बेलुका ५ बजे साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।


प्रतिक्रिया दिनुहोस !
विचार