Logo
१० कार्तिक २०८३, मंगलवार
|  Tue Oct 27 2026

स्कारपियो दुर्घटना हुँदा गुल्मीमा ६ को मृत्यु, ३ घाइते


रूपन्देही । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आज दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोरअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे र स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन् ।

दुर्घटनापछि उद्धार टोलीले घटनास्थलबाट घाइते तथा मृतकलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याएको थियो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार