Logo
१६ कार्तिक २०८३, सोमबार
|  Mon Nov 2 2026

एनपीएलमा जनकपुर बोल्ट्स ९ रनले विजयी, पोखराको लगातार दाेस्राे हार


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई  ९ रनले पराजित गरेको छ ।  त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा जनकपुरले दिएको १४८ रनको लक्ष्य पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रनमात्रै बनाउन सक्यो ।

पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । पोखराका लागि विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ तथा किरण ठगुन्नाले १५ रन बनाए ।

अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले सात विकेटको क्षतिमा १४७ रन बनाएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार