Logo
१५ कार्तिक २०८३, आईतवार
|  Sun Nov 1 2026

म्याक्स टाइगर दशैं धमाका:९ जनाले जिते बाइक तथा स्कुटर,अब कार कसले जित्ला?


काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंक दशैं धमाका २०२६ अन्तर्गत भाग्यशाली विजेता बन्ने क्रम जारी छ। हालसम्म म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितेका छन् ।

अझै २८ वटा बाइक, स्कुटर तथा बम्पर उपहार जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ। म्याक्स टाइगर खरिद गरी दशैं धमाकामा सहभागी हुनुहोस् र बम्पर उपहारस्वरूप कार जित्ने अवसर प्राप्त गर्नुहोस्।

यस अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । यसबाहेक एक जना महाभाग्यशाली विजेतालाई बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्रदान गरिनेछ ।

अर्थात्, अभियानमा कुल ३६ वटा मोटरसाइकल तथा स्कुटर र एउटा कार गरी ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन् । तीमध्ये हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् । अब बाँकी २८ वटा सवारीसाधनले आफ्ना भाग्यशाली विजेता पाउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार