Logo
१५ कार्तिक २०८३, आईतवार
|  Sun Nov 1 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। ललितपुरको बीपी नगरस्थित बीपी स्मृति भवनमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो २:०० बजे बस्ने बताइएको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका छन् । दुलालद्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित समयमा उपस्थित हुन अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार