Logo
१६ कार्तिक २०८३, सोमबार
|  Mon Nov 2 2026

एनपीएलमा आज काठमाडौं र कर्णाली तथा चितवन र सुदूरपश्चिम भिड्दै


default

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज  पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल मध्यान्ह १२ः३० बजे र दोस्रो खेल बेलुकी ५ बजे शुरु हुनेछ । पहिलो खेलमा कर्णाली लगातार तेस्रो जितको खोजी हुनेछ भने काठमाडौं पहिलो जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । त्यस्तै दोस्रो खेलमा चितवन र सुदूरपश्चिम भिड्नेछन् ।

दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । हाल चितवन २ खेलबाट ३ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ भने एक खेल बढि खेलेको सुदूरपश्चिम २ अंकको साथ छैटौँ स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार