काठमाडौं । इनर्जी ड्रिङ्कको एउटा क्यानले कसैलाई मोटरसाइकल त कसैलाई स्कुटर दिलाएको छ । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानअन्तर्गत भाग्यशाली विजेताहरूले पुरस्कार प्राप्त गर्न थालेका छन् ।
काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो ।काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग अर्थात् एनपीएल स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा सुमन कर्माचार्य र विनोद ढुंगेलले मोटरसाइकल प्राप्त गरेका छन् ।
त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममा धरानका अनोज कुमार अधिकारीलाई स्कुटर र विराटनगरका विनोद पोखरेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ । म्याक्स टाइगरको यस अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन् । तर, पुरस्कार जित्ने अवसर अझै बाँकी छ ।
कम्पनीका अनुसार अभियानमा अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारका रूपमा एउटा प्रोटोन कार जित्ने अवसर बाँकी छ । विशेषगरी बम्पर पुरस्कारमा राखिएको प्रोटोन कारले उपभोक्तामाझ थप उत्सुकता र आकर्षण बढाएको कम्पनीले जनाएको छ ।








