Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

एमालेलाई झड्का, ठूलो संख्यामा नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्दै


नेकपा एमाले डडेलधुरा अध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । एमाले जिल्ला अध्यक्ष डा. तारा जोशीसहित एमालेका नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका हुन् ।

ठूलो संख्यामा एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गर्ने भएपछि अध्यक्ष माधवकुमार नेपाल आज डडेलधुरा जाँदैछन् । एमालेको बहुमत संख्याको जिल्ला कमिटी नै समाजवादीमा प्रवेश गर्न लागेको हो ।

एमाले अध्यक्ष जोशीले मध्याह्न १२ बजे हुने कार्यक्रममा सहभागी हुन हेलिकप्टर चढेर डडेलधुरा आउने जानकारी दिए । पार्टीमा १० बुँदे सहमति कार्यान्वयन नभएपछि असन्तुष्ट एमाले नेताहरु समाजवादीमा प्रवेश गर्ने तयारीमा रहेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार