Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

नेपाल बन्द गर्ने विप्लव पार्टीको घोषणा


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द सहितका कार्यक्रम घोषणा गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको विरोधमा नेकपाले नेपाल बन्द सहितका कार्यक्रम घोषणा गरेको हो ।
नेकपा महासचिव विप्लवले एक विज्ञप्ती जारी गर्दै यही कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरेका छन् । त्यसअघि २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक २६ गते प्रचार प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मसाल जुलुस लगायतका कार्यक्रमम घोषणा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार