नवनियुक्त प्रदेश प्रमुखहरुले बिहीबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकको सिफारिसानुसार राष्ट्रपति भण्डारीले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले साविकका प्रदेश प्रमुख हटाएर नयाँ प्रदेशप्रमुख नियुक्त गरेकी थिइन् ।





