Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि अति हैन अत्याचार हो: माधव नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल आयल निगमले दुई हप्तामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर अत्याचार गरेको आरोप लगाएका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको ज्ञापनपत्र बुझाउन पुगेका ६ विद्यार्थी संगठनका नेताहरूको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले आयल निगमले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर अत्याचार गरेको बताए।

पूर्व-प्रधानमन्त्रीसमेत रहेको नेता नेपालले सत्ता साझेदार दलहरूसँग छलफल गरेर त्यसका लागि उचित पहल गर्ने पनि बताए। यस्तै, उनले जनताका लागि काम गर्न पनि विद्यार्थी नेतालाई निर्देशन दिए।

नेता नेपालले विभागीय मन्त्री नहुँदा समस्या भएको भन्दै प्रधानमन्त्रीलाई भेटेर कुरा राख्न सुझाए। उनले अहिलेसम्म उद्योगमन्त्री नियुक्ति गर्न कोही पनि नभेटिएको भन्दै आफूलाई देऊ भन्दा पनि नदिएको बताए।


प्रतिक्रिया दिनुहोस !
विचार