Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

वरिष्ठ उपाध्यक्षमा सुवास नेम्बाङको उम्मेदवारी घोषणा


नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। अध्यक्ष ओलीलाई सर्वसम्मत बनाउने प्रयास जारी रहेको भन्दै नेम्बाङ आफू वरिष्ठ उपाध्यक्षको दाबेदार रहेको बताए।

आकांक्षीहरूको संख्या बढेसँगै महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएका बेला नेम्बाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणापछि दोस्रो वरियताको नेतृत्व दाबी गर्ने नेम्बाङ अर्को नेता हुन्। एमाले विधानअनुसार ६८ वर्षीय नेम्बाङले अर्कोपटक नेतृत्व दाबी गर्न मिल्दैन।

एमालेका तर्फबाट कानुन तथा न्यायमन्त्री भइसकेका उनले संविधानसभा अध्यक्ष र सभामुखको जिम्मेवारी निर्वाह गरिसकेका छन्। नेम्बाङकै नेतृत्वमा संविधानसभाबाट संविधान निर्माण भएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार