Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

गुडिरहेको बसमा आगो लाग्दा ४५ जनाको मृत्यु


बुल्गेरियामा गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। मंगलबार बिहान २ बजेतिर पश्चिम बुल्गेरियाको स्ट्रुमा राजमार्गमा उक्त घटना भएको रोयटर्सले जनाएको छ।

बसमा पहिला आगो लागेर पछि दुर्घटनामा परेको हो कि दुर्घटनामा परेपछि आगो लागेको हो भन्ने प्रष्ट भइसकेको छैन। मृत्यु हुनेमा केही बच्चाहरू पनि छन्।

मृत्यु हुनेमा धेरैजसो आफ्ना नागरिक रहेको सोफियास्थित नर्थ मेसेडोनियाको राजदूतावासले जनाएको छ। नर्थ मेसेडोनिया बुल्गेरियाको छिमेकी मुलुक हो जुन सन् १९९१ मा स्वतन्त्र भएको थियो। उक्त बसमा नर्थ मेसेडोनियाका ५२ जना पर्यटकहरू थिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार