Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

भारतले पास नदिएपछि तीन दिन हिँडेर छाङ्गरू पुग्यो जनगणना टोली


साढे तीन दिन हिँडेर जनगणना गर्ने टोली दार्चुलाको छाङ्गरू पुगेको छ। भारतले सडक मार्गबाट जान पास नदिएपछि जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेका अनुसार सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेरको टोली हिड्दै सोमबार दिउँसो बाह्र बजेतिर ब्यास गाउँपालिका-१ छाङ्गरू पुगेका छन्। उनीहरू शुक्रबार बिहान दार्चुला सदरमुकामबाट हिँडेका थिए।

छाङ्गरूबाट तिंकर पुग्न चार-पाँच घन्टा हिँड्नुपर्छ। स्थानीय तथा व्यास गाउँपालिका-१ का वडा सचिव विनोदसिंह बुढाथोकीले तिंकरका बासिन्दा आइतबार नै बेंसी झरिसकेको जानकारी दिएका छन्।

जनगणनाको विवरण संकलन गर्नुपर्ने अन्तिम मिति मंसिर ९ लाई तोकिएको छ। भारतीय सडक हुँदै सीतापुलसम्म गाडीमा गएर त्यहाँबाट २०-२५ मिनेट हिँडेर पुगिने छाङ्गरू जान भारतले पास नदिँदा गणकले झन्डै चार दिन हिँड्नु परेको हो।


प्रतिक्रिया दिनुहोस !
विचार