Logo
२० भाद्र २०८३, शनिबार
|  Sat Sep 5 2026

ओली-रावल भेटको तयारी, अध्यक्षको दाबी छोड्न रावलले राख्दैछन् यस्तो सर्त


एमाले अध्यक्षमा उम्मेदवारी पेश गरेका उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाटको तयारी भएको छ। निर्वाचनको प्रक्रिया शुरु हुनुअघि नै रावललाई पनि सहमतिमा ल्याउन ओलीनिकट नेताहरु लागिपरेका हुन् ।

स्रोतका अनुसार आज बिहान ओलीनिकट नेताहरुले रावललाई भेटेर सहमतीय प्रक्रियाका लागि सहमति जनाउन र उपाध्यक्ष मान्न तयार हुन आग्रह गरेका थिए। अध्यक्ष उठ्दा हारिने प्रष्ट भएको स्मरण गराउँदै रावललाई भेटेको ओलीनिकट नेताहरुले उपाध्यक्षमा बस्न तयार हुन आग्रह गरेका थिए।

ओलीनिकटहरुको त्यस्तो आग्रहपछि रावलले एक पटक ओलीसँगै भेटेर सहल्ला गर्ने चाहाना प्रकट गरेकाले उनीहरुबीच भेटघाट गराउन लागिएको हो । यो बीचमा ओलीनिकट नेताहरुले रावललाई तीन पटक भेटेको पनि स्रोतले बतायो। आजको भेटमा रावलले वरिष्ठ उपाध्यक्ष पाए अध्यक्षमा दाबी छोड्ने प्रस्ताव राख्ने तयारी गरेको उनीनिकट स्रोतले बतायो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार