Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?


सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पछिल्ला राजनीतिक गतिविधिका विषयमा छलफल भएको बताइएको छ। बैठकमा राष्ट्रियसभा निर्वाचनमा सहकार्यको बारेमा पनि छलफल भएको बताइन्छ ।

गठबन्धनबीच उपनिर्वाचन र आगामी निर्वाचनमा पनि सहकार्य गर्ने तयारी भैरहेको छ । यसबारे छुट्टै समिति बनाएर भागवण्डाको विषयमा सहमति खोज्न शीर्ष नेताहरु तयार भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार