Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

विधि र नियम अनुसार नचल्दा कांग्रेसको छबि बिग्रियो : प्रकाशमान सिंह


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि र नियम अनुसार पार्टी नचल्दा कांग्रेसको छवि विग्रदै गएको बताएका छन् ।
आइतबार नेपाली कांग्रेस काठमाडौ जिल्ला कार्य समितिको १४ औँ अधिवेशन उद्घाटन गर्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले पार्टीको १३ औँ महाधिवेशन सकिएको दुई महिना भित्र विभागहरु गठन गर्नुपर्ने पार्टीको विधान भएपनि ५ वर्षपछि पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन गरेको आरोप लगाए ।
नेता सिंहले बहुमत छ भन्दैमा पार्टीलाई विधि र अनुशासन भन्दा बाहिर गएर सञ्चालन गर्न नहुने धारणा राखे । उनले काठमाडौ जिल्लाको अधिवेशनमा भोट हाल्दा पार्टीलाई बेथितितिर लैजाने कि नीति र नियम सम्ंवत चलाउने भन्नेतर्फ ध्यान दिन आग्रह गरे । उनले कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने सन्देश यसपटकको काठमाडौ जिल्ला अधिवेशनले दिएको धारणा राखे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार