नेतृत्व छनौटका लागि नेकपा एमालेको आन्तरिक चुनाव सोमबार बिहान ९ बजेबाट शुरु हुने भएको छ ।
आइतबार मध्यरातसम्म सहमतिका लागि प्रयास गरिएपनि सहमति हुन नसकेपछि चुनाव हुन लागेको हो । एमाले अध्यक्ष मण्डलको राती अबेर बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्वाचन समितिलाई भनेको थियो । सोही बमोजिम निर्वाचन समितिले राती ११ बजे निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
राती २ बजेसम्म उम्मेद्वार मनोनयनको समय दिइएको छ भने सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ । एमालेले यसपटक मतदानका लागि भोटिङ मेसिन प्रयोग गर्दैछ ।





