नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा १९ पदाधिकारी सहित ३०१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका छन् ।
आफैंले आफैंलाई अध्यक्ष घोषणा गर्दै ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा गरेका हुन् । यस्तै उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई अघि सारेका छन् ।
उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमालको नाम अध्यक्ष ओलीले घोषणा गरेका छन् भने सचिवहरुमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, छबीलाल विश्वकर्मा, गोकर्ण विष्ट, लेखराज भट्ट, रघुविर महासेठ र पद्मा अर्यालको नाम घोषणा गरेका छन् ।
ओलीले मध्यरातमा नै ३०१ सदस्यीय केन्द्रीय कमिटि पनि घोषणा गरेका छन् । ओलीले घोषणा गरेका केन्द्रीय सदस्यहरुको पूरा नाम सुन्नका लागि भिडियो क्लिक गर्नुहोला ।





