Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

उपाध्यक्षमा भोट माग्दै घनश्यामले सार्वजनिक गरे यस्तो अपिल, ओलीको निर्णय सच्यानुपर्ने माग


चितवनमा जारी एमाले महाधिवेशनअन्तर्गतको चुनावी प्रक्रियामा नेताहरुले उम्मेद्वारी दर्ता सुरु गरेका छन् । उपाध्यक्षमा उम्मेद्वारी दर्ताको तयारीमा रहेका नेता घनश्याम भुसालले उपाध्यक्षमा भोट माग्दै अपिल सार्वजनिक गरेका छन्।

भुसाल निकट नेता गौतम राईको फेसबुकमार्फत उनले अपिल सार्वजनिक गरेका हुन्। अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत गरिएको पदाधिकारीको सूची सच्यानुपर्ने राईको फेसबुकमा उल्लेख छ।

‘जसले निर्माण गरेको कार्यदिशा नै आज नेपालको कम्युनिस्ट आन्दोलनको कार्यदिशा बनेको छ, उसैमाथि नेतृत्वबाट गरिने कत्लेआमलाई महाधिवेशन प्रतिनिधि कमरेडहरूले सच्याउनु हुनेछ,’ राईले लेखेका छन्, ‘किनकि, जबज पार्टीमा नेतृत्वको अहंकारले विवेक गुमाउँछ, तब त्यसलाई असल कार्यकर्ताहरूले नै जोगाएको इतिहास छ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार