Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

बादलको पद असुरक्षित, यसकारण गुम्ने सम्भावना छ उपाध्यक्ष पद


नेकपा एमालेको जारी दशौंं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षका रुपमा घोषणा गरेका रामबहादुर थापा बादलको पद असुरक्षित भएको छ ।
६ जना उपाध्यक्ष रहने वैधानिक व्यवस्था भएपनि ७ जनाको उम्मेदवारी परेपछि बादलको पद असुरक्षित भएको हो । अध्यक्ष ओलीले घोषणा गरेका ६ जना पदाधिकारीमा आफू नपरेपछि घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् । वैचारिक नेताका रुपमा चिनिएका भुसाललाई मत नदिई महाधिवेशन प्रतिनिधीहरुले माओवादी केन्द्र परित्याग गरेर एमालेमा आएका बादललाई मत दिने सम्भावना कम रहेको केहीले अनुमान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार