Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

किन पछि हटे वरिष्ठ उपाध्यक्षबाट सुवास नेम्वाङ ?


नेकपा एमालेका नेता सुवास नेम्वाङले बार्गेनिङ गर्ने काम आफ्नो नभएर अरुको भएको आरोप लगाएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताइरहेका नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएपछि यस्तो बताएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । तर, नेम्वाङलाई भने चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती आएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

अध्यक्ष ओलीसँग के कुरा भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेम्वाङले आफू पार्टीको सच्चा सिपाही भएको तर बार्गेनिङ गर्ने नभएको बताए । पार्टीले जुन जिम्मेवारी दिन्छ उक्त जिम्मेवारी सहर्ष स्वीकार गरेर उपाध्यक्षमा उम्मेदवारी दिएको नेम्वाङको जिकिर छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार