नेकपा एमालेको १०औं महाधिवेशनका पदाधिकारीको निर्वाचनका लागि हुने मतदान राति ११ बजेदेखि हुने भएको छ। यसअघि राति ९ बजेदेखि मतदान हुने तालिका थियो। अहिलेसम्म पनि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छैन। उम्मेदवारी फिर्ता गराउन नेताहरू जुटेका छन्।
अध्यक्षमा केपी शर्मा ओली र डा भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्।
त्यसैगरी सचिव पदमा पनि ७ जनाको पदमा ९ जनाको उम्मेदवारी परेको छ। सचिवमा उम्मेद्वारी दर्ता गरेका भीम आचार्यको उम्मेद्वारी फिर्ता गराउन पहल भैरहेको बुझिएको छ ।





