कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई निमोनिया पुष्टि भएको छ। कोरोना संक्रमणपछि जबरालाई उपचारका लागि सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो।
स्वास्थ्य परीक्षणका क्रममा उनमा निमोनियासमेत देखिएको एपीएफ अस्पतालका डा. प्रवीण नेपालले जानकारी दिए। जबराको अवस्था हाल स्थिर छ। परिवारका एक जना सदस्यलाई कोरोना देखिएपछि जबराले पनि स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको हो।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बसिरहेका थिए।








