Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

एमाले महाधिवेशन : मतदान सकियो, मत गणनाको तयारी


नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मतदान सकिएको छ। मंगलबार बिहान ४ बजेबाट सुरु भएको मतदान साढे १० बजे सकिएको हो। १० बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समयमा एमाले निर्वाचन आयोगले आधा घण्टा समय थप गरेको थियो।

२१७५ जना प्रतिनिधि रहेको एमाले महाधिवशेनमा २ हजार ११४  मत खसेको जनाइएको छ। कति मत खस्यो भन्नका लागि मतको ट्याली गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। कार्यव्यस्तताका कारण कतिपयले महाधिवेशन छाडेर फर्किसकेकाले केही कम मत खसेको जनाइएको छ।

५० वटा क्लस्टरमा मतदान गर्नुपर्नेमा ४० वटामा निर्विरोध भइसकेको र अहिले १० वटा क्लस्टरमा मात्र भोटिङ भएको थियो। अब प्राविधिक काम सकाएर मतगणना सुरु गरिने दाहालले बताए। मत गणनाका लागि १ देखि २ घण्टा लाग्ने उनले बताए।
अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका पदमा मतदान भएको हो।


प्रतिक्रिया दिनुहोस !
विचार