Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

राप्रपा र माओवादीको गोत्र मिल्छ : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टी र माओबादीको गोत्र मिल्ने बताएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता माहाधिवेशनलाई काठमाण्डौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमा प्रचण्डले आप्mनो पार्टीनसँग बिचार धारा फरक भए पनि राप्रपा राष्ट्रबादी भएको उनले बताए । उनले भने, ‘तपाईँहरूको र हाम्रो विचार र मत त्यति मिल्दैन, हाम्रो विचार र दर्शन मिल्दैन । तर, राष्ट्रियभावना, स्वाधीनताप्रतिको निष्ठा र देशभक्ति एउटै छ, त्यस अर्थमा तपाईँ हामी एउटै गोत्रका हौँ ।’
उनले कार्यक्रममा राप्रपा हिन्दु राष्ट्रवादी र आफू धर्मनिरपेक्षवादी भएपनि दुबै राष्ट्रवादी भएको बताएका छन । उनले विचारमा मतभिन्नता हुनु स्वाभाविक भएको भन्दै संस्कृति र परम्पराको सधै सम्मान गर्ने बताए ।
मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रका कारण देश जोगिएको भनेकोप्रति असन्तुष्टी जनाउँदै उनले आफूलाई दोहोरो कुरा गर्न नआउँने बताए । राजसंस्थाको अन्त्य गरौं भनेर झापा विद्रोह गरेकाहरुले बोली फेर्दा आफू अचम्मित भएको उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार