Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

राप्रपा महाधिवेशन : चुनावी प्रक्रिया सुरु हुँदै, अध्यक्षमा थापा र लिङ्देनकाे भिडन्त


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु हुँदैछ । हिजो उद्घाटन सत्र सकिएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु भएको हो । पार्टी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् ।

बन्द सत्रमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, अध्यक्ष पशुपति शम्शेर राणाले सामाजिक कार्यपत्र र अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गरेका छन् । महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग टरिसकेको भए पनि सहमतिको प्रयास गरिने नेताहरूले बताएका छन् । अहिले ९ देखि दिउँसो १२ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ ।

उम्मेदवारको प्रथम नामावली दिउँसो २ बजे प्रकाशित गरिने छ । उम्मेदवारीमाथि दाबी विरोध र फिर्ताको समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको निर्वाचन समितिले जनाएको छ । बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने भोलि बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय राखिएको छ । त्यसपछि मतगणना सुरू हुने छ ।


प्रतिक्रिया दिनुहोस !
विचार