Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रेखा थापाले भनिन् -‘पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य गर्नुपर्छ


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्ष नेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् ।

बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् ।

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार