Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

एमाले अध्यक्ष ओलीले आज पार्टी कार्यालयमा पदबहाली गर्दै


नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपीशर्मा ओलीले आज पद बहाली गर्ने भएका छन् । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो १ बजे पार्टी कार्यालयमा ओलीले पद बहाली गर्नेछन् ।

ओली चितवनमा मंसिर १४ गते सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । उनले अध्यक्षका उमेदवार भीम रावललाई भारी मतान्तरले पराजित गरेका थिए ।

महाधिवेशनमा चुनिएका अन्य पदाधिकारीहरुले पनि आजै पदबहाली गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार