Logo
१ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 17 2026

अध्यक्षको पदबहाली गर्दै ओलीले दिए यस्तो प्रतिक्रिया


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्योलग्रस्त राजनीतिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अगाडि बढाउन लाग्ने बताएका छन् । काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रवार पदबहाली गर्दै ओलीले मुलुक यसप्रकारको गतिहीनताबाट लामो समय जान नसक्ने भन्दै छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने उनले बताए ।

देशको समय बर्बाद हुन नदिन ताजा जनादेशमा जानुपर्ने ओलीले बताए । उनले सरकार चौतर्फी असफल भएको आरोप लगाए ।

सरकारका कतिपय घटक बिगार्ने भत्काउने काममा मात्रै लागेको उनको आरोप छ। अदालतमा देखिएको अवस्था पनि पाँच दलीय गठबन्धनका कारण निम्तिएको उनले बताए।

पार्टी कार्यालयमा ओलीसँगै उपाध्यक्ष, महासचिव, सचिवलगायतका पदाधिकारी तथा अनुशासन, निर्वाचन र लेखा आयोगको कार्यकक्ष पनि तयार गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार